बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय
नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य, तस्बिरहरु
बिजोग

नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य, तस्बिरहरु

बिहीबार, ०१ फागुन २०८१

ललितपुर । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो । 

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ । ललितपुर महानगरपालिका–२५ का स्थानीय मुकेश महर्जन नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् । 

त्यसै गरी घर पनि जोखिममा रहेको र सम्बन्धित निकायले समयमै पुल नदी किनारको कटानमा पर्खाल लगाउने काम समेत नगरेको उनले बताए ।

Nakhudol_Lalitpur (1)Nakhudol_Lalitpur-2 (1)Nakhudol_Lalitpur-3 (1)Nakhudol_Lalitpur-4 (1)Nakhudol_Lalitpur-5 (1)Nakhudol_Lalitpur-6 (1)Nakhudol_Lalitpur-7 (1)Nakhudol_Lalitpur-8 (1)Nakhudol_Lalitpur-9 (1)Nakhudol_Lalitpur-10 (1)Nakhudol_Lalitpur-11 (1)Nakhudol_Lalitpur-12 (1)Nakhudol_Lalitpur-13 (1)

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया