शनिबार पोखरामा म्याराथन हुँदै, २१ देशका डेढ सय धावक दौडिँदै

पोखरा । पोखरामा शनिबार १९ औँ संस्करणको म्याराथन हुँदैछ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने प्रतियोगिताको पूरा तयारी सकिएको आयोजकले जनाएको छ ।
यस वर्ष २१ देशका ८० विदेशी सहित १५० जना धावक म्याराथनमा दौडिन दर्ता गराइसकेका छन् । त्यसमध्ये ८ जना महिला छन् ।
हाफ म्याराथनमा महिलातर्फ १० देशका ४० जना, पुरुषतर्फ १० विदेशीसहित ११० जना दौडनेछन् । १० किलोमिटर पुरुष विधामा ११ देशका २११ जना, १० किमी महिलामा ११ विदेशी सहित १०९ जना, ५ किमी भेट्रान्समा ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४७० र छात्रातर्फ १ हजार २५ जना सहभागी हुँदैछन् ।
प्रतिस्पर्धातर्फ ३ हजार १७५ जना र रन फर फनमा ७ हजार जना दौडिने अपेक्षा गरिएको आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । अघिल्लो संस्करण भन्दा अहिले सबै विधामा धावक बढेका उनको भनाई थियो ।
अघिल्लो वर्षका विजेता धावकहरूले पनि यस वर्ष सहभागिता जनाउन लागेका उनले बताए । `यो वर्ष केन्याबाट मात्र ८ जना उत्कृष्ट धावक आउँदै छन्,´ उनले भने, `अघिल्लो वर्षका विजेता धावकहरूले पनि नाम टिपाउनुभएको छ ।´
म्याराथनका विजेताले ५ लाख पुरस्कार पाउनेछन् भने विजेताले ३ लाख पाउनेछन् । तेस्रो हुनेलाई २ लाख र सान्त्वना स्वरूप चौथोदेखि ८ जनासम्मलाई नगद ३० देखि १० हजारसम्म पुरस्कार प्रदान गरिने मञ्चले जनाएको छ । ३ किलोमिटर र ५ किलोमिटर छात्रछात्रा दौड यसअघि नै सम्पन्न भैसकेको छ । यसअघि केन्याली धावकले म्याराथन जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक