जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री

काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री जनयुद्ध हिंसा नभई मुक्तियुद्ध रहेको बताएका छन् । उनले जनयुद्ध हिंसा नभई न्यायका लागि लडिरहेको मुक्तियुद्ध रहेको बताए ।
उनले जनयुद्ध दिवस (फागुन १) को अवसरमा शुभकामना दिँदै १७ हजार सहिदहरूको बलिदानले अन्यायका पिँजडाहरू तोडिदियो बताए ।
'स्वतन्त्रता हरेक व्यक्तिका लागि खुला आकाश हो, जहाँ गन्तव्य छान्ने अधिकार स्वतःस्फूर्त हुनुपर्छ। तर, त्यो आकाश धर्मको, परम्पराको, जातीय विभेदको, श्रम शोषणको, र राज्यद्वारा लादिएको वर्गीय अन्यायको पिँजडामा कैद गरिएको थियो ।' उनले भने, '१७,००० सहिदहरूको बलिदानले ती पिँजडाहरू तोडिदियो । जनयुद्ध कुनै हिंसा थिएन, यो त न्यायका लागि लडिएको अभूतपूर्व मुक्तियुद्ध थियो ।'
उनका अनुसार ३० औँ जनयुद्ध दिवसको ऐतिहासिक दिनमा आफूहरूले त्यो इतिहासलाई गर्वका साथ सम्झन्छौ विचारप्रति अडिग रहने, संगठनप्रति कहिल्यै विचलित र विकेन्द्रित नहुने आफूहरूले प्रतिज्ञा गरेको उनको भनाई छ । आन्दोलन र पार्टीलाई धोका दिने गद्दारहरूप्रति घृणा गर्दै, सहिदहरूले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने सङ्कल्प लिएको उनले बताए ।
जनवादी केन्द्रीयताको मर्म पक्रन, आफूलाई आफ्ना कुण्ठाहरूबाट मुक्त पार्न, आफ्ना स्वार्थ भन्दा सहिदका सपनालाई माथि राख्न र कहिल्यै विचलित नभई अन्तरसंघर्ष र वर्गसंघर्षको मर्मलाई भोग्दै, धीरतापूर्वक अवलम्बन गर्ने साहस गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी
-
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र