बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय

सिजेरियन डेलिभरी सम्बन्धी सोधपुछ बढ्यो
बिहीबार, ०१ फागुन २०८१, ०७ : १९
बिहीबार, ०१ फागुन २०८१

वासिङ्टन डीसी । नेहा सातपुते र अक्षय पिसे अमेरिकामा आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यो भारतीय जोडी दक्ष विदेशी कामदारहरूका लागि बनाइएको एच–१बी भिसामा एक दशकदेखि अमेरिकामा काम गर्दै आएका छन् ।

नेहाको बच्चा २६ फेब्रुअरीमा अमेरिकी नागरिकको रूपमा जन्मँदैछ । उनी एउटा प्रमुख प्राविधिक फर्ममा काम गर्छिन् । सहयोगी अभिभावकीय बिदासहित क्यालिफोर्नियाको सान होजेमा आफ्नो जीवन निर्माण गर्न उनले कडा परिश्रम गरिरहेकी छिन् । तर ट्रम्पले हालै अस्थायी विदेशी कामदारका सन्तानले जन्मसिद्ध अमेरिकी नागरिकता नपाउने नियम बनाएर उनीहरूको अमेरिकी सपनामाथि प्रहार गरेका छन् ।

अहिलेसम्म, आमाबाबुको आप्रवासन स्थितिलाई ध्यान नदिई अमेरिकाको जन्मसिद्ध नागरिकता दिइन्थ्यो । मेरिल्याण्डका एक संघीय न्यायाधीशले ट्रम्पको आदेशलाई रोक लगाएको छ । सियाटल अदालतले लगाएको रोक दुई हप्ताको लागि यो रोक बढाइ दिएको छ । यसको अर्थ अदालतमा मुद्दा समाधान नभएसम्म आदेश लागू हुने छैन । तर, उच्च अदालतमा निर्णय उल्ट्याउन सक्ने सम्भावना कायमै छ ।

  • सिजेरियन डेलिभरी सम्बन्धी सोधपुछ बढ्यो ?

कयौँ याचिका र कानुनी चुनौतीहरू सहितको बढ्दो अनिश्चितताले अक्षय, नेहा जस्ता अन्य हजारौँ भारतीय जोडी दुविधामा छन् । अक्षय भन्छन्, ‘यसको प्रत्यक्ष प्रभाव हामीमाथि पर्छ । यदि आदेश लागू भयो भने, हामीलाई थाहा छैन अब के हुन्छ । यो पूर्णतया अनिश्चित भविष्य हो ।’ आफ्नो छोराछोरीको नागरिकता के हुनेछ ? भन्ने सबैभन्दा ठुलो प्रश्न उनको मनमा छ यतिबेला । अक्षयको चिन्ता जायज भएको अनि अमेरिकी कानुनमा यहाँ जन्मिएका व्यक्तिलाई गैर–आप्रवासी दर्जा दिने कुनै प्रावधान नभएको न्यूयोर्कका अध्यागमन वकिल साइरस मेहता भन्छन् ।

बच्चा जन्माउने मिति नजिकिँदै गर्दा नेहा र अक्षयले बच्चालाई चाँडै जन्माउन आफ्नो डाक्टरसँग परामर्श गरेका थिए ।  सबै कुरा ठिकठाक भयो भने ४० औँ हप्तामा डेलिभरी हुन सक्ने डाक्टरको भनाइ थियो ।  तर उनीहरूले पर्खने विकल्प छाने । आफ्नो बच्चा प्राकृतिक प्रक्रियाबाट जन्मियोस् भन्ने नेहा चाहन्छिन् । ‘सुरक्षित डेलिभरी र मेरी श्रीमतीको स्वास्थ्य मेरो प्राथमिकता हो । त्यसपछि नागरिकताको कुरा आउँछ ।’ अक्षय भन्छन् । कयौँ परिवारहरूले सि–सेक्सन मार्फत समयपूर्व बच्चा जन्माउन खोजिरहेको भन्दै सञ्चार माध्यमहरूमा समाचारहरू आएपछि अमेरिकन एसोसिएसन अफ फिजिसियन्स अफ इन्डियन ओरिजिन (एएपीआई)का अध्यक्ष डा. सतीश कथुलाले भारतीय मूलका प्रसूति विशेषज्ञहरूलाई सम्पर्क गरेका थिए ।

 न्यू जर्सीमा केही घटनाहरू बाहेक प्रश्न सोधपुछका यस्ता घटनाहरू अन्यत्र कतै रिपोर्ट नभएको धेरैजसो डाक्टरहरूले बताए । ‘कडा चिकित्सा कानुन भएको देशमा, म नागरिकताको खातिर समयपूर्व सि–सेक्सन (शल्यक्रिया) नगर्न सल्लाह दिन्छु ।’ ओहायोमा बस्दै आएका डा. सतीश कथुलाले भने । ‘हाम्रा चिकित्सकहरू नैतिकवान् छन् र चिकित्सा आवश्यकता बिना यस्तो शल्यक्रिया गर्दैनन्,’ उनी भन्छन् ।

  • ५० लाख भारतीयसँग गैर–आप्रवासी भिसा

अमेरिकी नागरिकता अत्यधिक लोभलाग्दो छ ,। विशेष गरी कुशल एच–१बी भिसा धारकहरूका लागि । यस श्रेणीमा अमेरिकामा भारतीयहरू दोस्रो ठुलो आप्रवासी समूह हुन् । जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशले भारतीयहरूमा सबैभन्दा बढी प्रभाव पार्ने चेतावनी आप्रवासन नीति विश्लेषक स्नेहा पुरीले दिएकी छिन् । अमेरिकामा ५० लाख भारतीयहरूसँग गैर–आप्रवासी भिसा छ ।

‘यदि यो लागू भयो भने भविष्यमा जन्मेका तिनीहरूका सन्तानले नागरिकता पाउने छैनन, ’ स्नेहा पुरीले बीबीसीलाई भनिन् ।

451b5b70-e83b-11ef-a319-fb4e7360c4ec.jpg

ट्रम्पको यस आदेशले आ–आफ्नो भावी सन्तानमा कस्तो असर पर्ला अनि आफूहरूले के गर्नु पर्ला भनेर दक्षिण एसियाली मूलका मानिसहरू निकै चिन्तित छन् ।

ट्रम्पको कार्यकारी आदेश अनुसार, कानूनी स्थायी बासिन्दाका छोराछोरीलाई अमेरिकी नागरिकता कागजात प्राप्त गर्न कुनै समस्या हुनेछैन । तर अमेरिकामा बसोबास गर्ने भारतीयहरूले ग्रीन कार्ड प्राप्त गर्न अन्य कुनै पनि विदेशी नागरिकको तुलनामा लामो समय पर्खनु पर्छ, जसले उनीहरूलाई वैध स्थायी बसोबास प्रदान गर्दछ । अहिलेको अमेरिकी नियम अनुसार, एउटै देशका मानिसहरूलाई जारी गरिएको ग्रिन कार्डको संख्या जारी गरिएको कुल ग्रिन कार्डको ७५ भन्दा बढी हुनु हुँदैन । प्रत्येक वर्ष ७२५ एच–१बी भिसा भारतीयहरूलाई दिइन्छ । क्याटो इन्स्टिच्युटका अनुसार २०२३ मा रोजगारीको आधारमा ग्रिन कार्डको पर्खाइमा रहेका ६२ प्रतिशत मानिसहरू भारतीय थिए । संख्यामा भन्नु पर्दा यो ११ लाख हाराहारी थियो । अहिले  ग्रिन कार्ड पाउने भारतीयहरूले २०१२ मा आवेदन दिएका थिए ।

  • नागरिकताको लागि जीवनभर पर्खनु पर्ने डर

नयाँ भारतीय आवेदकहरूले अब जीवनभर पर्खनुपर्ने हुन सक्छ, र यी मध्ये ४ लाख जना त ग्रीन कार्ड पाउनु अघि नै मरिसक्ने आफ्नो प्रतिवेदनमा, क्याटोका आप्रवासन अध्ययन निर्देशक डेभिड बेयरले चेतावनी दिएका छन् । ग्रिन कार्डमा तोकिएको सीमाका कारण, अन्य देशका धेरैजसो आप्रवासीहरूले एक वर्ष भित्र स्थायी बसोबास अनुमति प्राप्त गर्न र छिट्टै नागरिक बन्न सक्षम हुन्छन् । यो आदेश लागू भयो भने, ट्रम्पको कार्यकारी आदेशले ती आप्रवासीहरूलाई पनि असर गर्नेछ जससँग वैध कागजातहरू छैनन् ।

प्यू रिसर्चको अनुमान अनुसार २०२२ मा अमेरिकामा कागजातविहीन भारतीय मूलका आप्रवासीहरूको संख्या ७ लाख २५ हजार थियो । यसको आधारमा उनीहरू अमेरिकाको तेस्रो ठुलो अवैध आप्रवासी समूह हुन् । यसको विपरीत, माइग्रेसन पोलिसी इन्स्टिच्युटले यो संख्या ३ लाख ७५ हजार अनुमान गरेको छ । यस अनुसार पनि तिनीहरू अवैध आप्रवासीहरूको पाँचौँ ठुलो समूह हुन् । कुल अमेरिकी जनसंख्याको ३ प्रतिशत गैरकानुनी आप्रवासीहरू छन् भने २२ प्रतिशत विदेशी मूलका छन् ।

एच–१बी भिसा भएका भारतीयहरूको प्रमुख चिन्ता भनेको उनीहरूका बच्चाहरूको भविष्य हो । यस्ता भिसा धारकहरूले नियमित अन्तरालमा संयुक्त राज्य अमेरिका छोड्नु पर्छ र विदेशमा रहेको अमेरिकी दूतावासमा आफ्नो भिसा छाप लगाउनु पर्छ । यो काम गर्न नियमित रूपमा भारत फर्कनेहरूलाई यो कामको लागि अपोइन्टमेन्ट प्राप्त गर्न थप कठिनाइहरू हुन सक्छ । यी आप्रवासीहरू आफ्ना छोराछोरीहरूले यस्तै झन्झटहरू भोगुन् भन्ने चाहँदैनन् । धेरै वर्षदेखि ग्रिन कार्ड पाउन लाइनमा पर्खिरहेका अक्षयलाई अमेरिकी नागरिकताले आफ्नो जीवन कसरी सजिलो बनाउँछ भन्ने कुरा राम्ररी थाहा छ ।

अक्षय भन्छन्, ‘हामी यहाँ १० वर्षभन्दा बढी समयदेखि बस्दै आएका छौँ । अब मेरा आमाबाबु बूढो हुँदै गइरहेका छन्, त्यसैले नागरिकता पाउनु मेरो लागि धेरै महत्त्वपूर्ण छ । भिसा स्ट्याम्पिङ अपोइन्टमेन्टसँग यात्राको समन्वय गर्नु धेरै गाह्रो छ र अब बच्चा भएको अवस्थामा यो अझ गाह्रो हुन सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप