आजदेखि ३० वर्ष माथिकालाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिँदै

काठमाडौँ । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै आजदेखि एक महिने परीक्षण अभियान थाल्न लागेको छ ।
गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते यसबारे निर्देशिका स्वीकृत गरेका थिए । यस लगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ ।
अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु