च्याम्पियन्स लिग : बायर्न म्युनिख, बेनिफिका, क्लब ब्रुगलाई सफलता
बिहीबार, ०१ फागुन २०८१, ०५ : ४८
![च्याम्पियन्स लिग : बायर्न म्युनिख, बेनिफिका, क्लब ब्रुगलाई सफलता](https://npcdn.ratopati.com/media/news/bayern-munich_O0fRFzJik1.jpg)
काठमाडौं । च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिख, पोर्चुगलको बेनिफिका र बेल्जियमको क्लब ब्रुगलाई सुरुवाती सफलता मिलेको छ । नकआउट चरण प्लेअफ अन्तर्गत वुधबार राती पहिलो लेगमा यी टोलीले सफलता हात पारेका हुन् ।
बायर्न म्युनिखले स्कलल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिसले बराबरी गोल फर्काउँदा ह्यारी केनले निर्णायक गोल गरे । सेल्टिकका निकोलस कुन्हले खेल सुरु हुनासाथ गोल गरेका थिए ।
पोर्चुगलको बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई १-० ले हरायो । बेल्जियमको क्लब ब्रुगले इटालीको एटलान्टालाई २-१ ले पराजित गर्दा नेदरल्याण्डसको फेनोर्डले इटालीको एसी मिलानलाई १-० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामको प्रस्ताव : जुँगाको लडाईं छाडौँ, जनक्रान्ति दिवस मनाऔँ !
-
पुटिन र जेलेन्कस्कीबिच टेलिफोन वार्ता : रोकिएला रुस- युक्रेन युद्ध ?
-
एनआरएनएको भूमिका कस्तो चाहन्छ नयाँ पुस्ता ?
-
रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु
-
सहसचिवका लागि ११ जनाको नाम सिफारिस
-
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी