कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा

कराची । दक्षिण अफ्रिकाविरुद्ध शानदार जित हात पार्दै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पाकिस्तान ६ विकेटले विजयी बनेको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५३ रनको विशाल लक्ष्य पाकिस्तानले ४ विकेटको क्षतिमा ६ बल अगावै पछ्यायो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि टोलीले सन् २०२२ मा लाहोरमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३४९ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।
पाकिस्तानको जितमा कप्तान मोहम्मद रिजवान र सलमान आघा नायक बने । दुवैले शतकीय इनिङ्स खेल्दै टोलीलाई जित दिलाए । रिजवानले १२८ बलमा १२२ रन बनाउँदै नटआउट रहे । उनले यसक्रममा ९ चौका र ३ छक्का हिर्काए ।
सलमानले १०३ बलमा १३४ रन जोडे । उनले १६ चौका र २ छक्का प्रहार गरे । ओपनर फखर जमानले ४१ तथा बाबर आजमले २३ रन बनाए । दक्षिण अफ्रिकाका लागि वियान मुल्डरले २ तथा लुंगी एनगिडी र कोरबिन बोस्चले १–१ विकेट लिए ।
यसअघि, पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो । टोलीका लागि हेचरित क्लासनले सर्वाधिक ८७ रनको योगदान दिए । उनले मात्र ५६ बलमा ११ चौका र ३ छक्का हिर्काए ।
त्यसतै, म्याथ्यू ब्रिट्ज्कीले ८३ रन तथा कप्तान तेम्बा बाभुमाले ८२ रन बनाए । कायल भेरियनले ४४ रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाह र खुसदिल शाहले १–१ विकेट लिए ।
अब पाकिस्तानले शुक्रबार फाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु