बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल
![बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल](https://rpcdn.ratopati.com/media/albums/rashifal-horoscope-ratopati_vGkKQih0i8.jpg)
आज विक्रम संवत २०८१ साल फाल्गुन १ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी १३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि– प्रतिपदा, ३२ घडी ४६ पला, बेलुकी ७ बजेर ५२ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–मघा, ३५ घडी २९ पला, बेलुकी ८ बजेर ५७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–शोभन, २ घडी ३२ पला, बिहान ७ बजेर ४६ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव, बिहान ७ बजेर २७ मिनेट उप्रान्त कौलव, बेलुकी ७ बजेर ५२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुशल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ४९ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ४६ मिनेटदेखि बिहान ८ बजेर ८ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ९ मिनेटदेखि बिहान ९ बजेर ३२ मिनेटसम्म उद्धेग बेला ।
बिहान ०९ बजेर ३३ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर ६ मिनेटसम्म काल बेला ।
दिउँसो ४ बजेर ७ मिनेटदेखि बेलुकी ४ बजेर २९ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ७ बजेर २९ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर ५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ९ मिनेटदेखि बिहान ५ बजेर ५७ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईंको ईमान्दारिताको कदर सबैले गर्नेछन् । व्यापार, उद्योग तथा शेयर बजारमा गरिएको लगानी फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै वुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) माया प्रेममा अश्विास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । र, पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)ं उद्योग, शेयर तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।
कर्कट (हि,,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यापार व्यवासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आयस्रोत बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरुले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुशी रहनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) भौतिक वस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईंबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरु खुशी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ भने व्यापार तथा शेयरमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुशी रहनेछन् ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मेहम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च हुने योग रहेकोछ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । र, पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नविन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान गरिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ ।
धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे) बौद्धिकताको प्रयोगले सफलताको शुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र, मनपर्ने तथा विलाशी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रसंगमा टाडै रहनुहोला, प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) आफ्नै बलबुताले व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । विगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाईला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइहरुबाट बधाईको ओइरो आउनेछ । भौतक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी वस्तुको उपयोगमार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अग्रपंत्तिमा आउन सकिनेछ । पुराना ऋण तथा समस्याहरु हल भएर जानेछ । मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको भूमिका कस्तो चाहन्छ नयाँ पुस्ता ?
-
रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु
-
सहसचिवका लागि ११ जनाको नाम सिफारिस
-
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी
-
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोल्पाको थबाङ गाउँपालिकाले पनि दियो 'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा