प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
बिहीबार, ०१ फागुन २०८१, ०४ : ५८

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई घाटा लागेको छ । वुधबार राती एभर्टनले लिभरपुललाई २-२ को बराबरीमा रोकेर अंक खोस्यो । घरेलु मैदानमा सुरुवाती अग्रता एभर्टनले नै लिएको थियो ।
११ औं मिनेटमा एभर्टनका लागि बेटोले सुरुवाती गोल गोल गरे । १६ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै १-१ को बराबरी गरे ।
दोस्रो हाफपछि ७३ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै नतिजा २-१ मा ल्याए । तर, इन्जुरी समय अर्थात् ९८ औं मिनेटमा एभर्टनका जेम्स टारकोवस्कीले गोल फर्काए ।
त्यसपछि दबाबमा आएका दुबै टोलीले गोल गर्न सकेनन् भने दुबैतर्फका खेलाडीले रातो कार्ड पाए ।