रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
![रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?](https://npcdn.ratopati.com/media/news/trump-putin_hiDniqI8Co.jpg)
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकमक्षी भ्लादिमिर पुटिन युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ताका लागि सहमत भएको जिकिर गरेका छन् ।
रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता भएको जनाउँदै राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ताअघि बढ्ने बताएका हुन् । ट्रम्प पुटिन टेलिफोन वार्ताको पुष्टि गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुबै राष्ट्रपति एक अर्को देशको भ्रमण गर्न समेत सहमत भएको बताएका छन् ।
एता, भ्लादिमिर जेलेंस्कीको कार्यालयले युक्रेनी राष्ट्रपतिले आफ्ना अमेरिकी समक्षी ट्रम्पसँग एक घण्टा फोन वार्ता गरेको पुष्टी गरेको छ । ट्रम्प-पुटिन संवाद निकै आशाजनक मानिएको चर्चा सुरु भएको छ ।
बीबीसीका सुरक्षा संवाददाता फ्यान्क गार्डनरका अनुसार यो संवाद आशाजनक मानिए पनि युक्रेन र नेटो दुबैका लागि यो अलिक चिसो हुनसक्छ । यसबीच, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरुलाई विविध विषयमा ब्रिफिङ गरेकी छन् ।