जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, २३ : २७

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते (बिहीबार) सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत किरणबाबु कट्टेलले बुधवार एक सूचना जारी गर्दै फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०५२ साल फागुन १ गतेदेखि सञ्चालित सशस्त्र युद्धको स्मरण र महान् सहिदहरू प्रति सम्मान गर्दै गण्डकी गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।
सो दिन गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, अर्ध तथा गैरसरकारी सङ्घ संस्था, शिक्षण संस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही