नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित
![नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित](https://npcdn.ratopati.com/media/news/bb_es040U2KXI.jpg)
काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रमहरू स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघबिच भएको छलफल सकारात्मक भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका हुन् ।
मन्त्रालयका सहसचिव एवं नेपाल आयल निगम संचालक समितिका सदस्य शिवराम पोखरेलको संयोजकत्वमा यातायात व्यवस्था विभागका प्रतिनिधि, निगमका दुईजना प्रतिनिधि, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका दुई जना प्रतिनिधि र काठमाडौँ विश्वविद्यालयको सम्बन्धित विषय विज्ञ सदस्य सम्मिलित सात सदस्यीय अध्ययन कार्यदललाई विभिन्न कार्यक्षेत्रगत सर्तहरू दिएर उक्त मागहरुका सम्बन्धमा रायरसुझाव सहितको प्रतिवेदन १५ दिनभित्र निगम समक्ष पेस गर्न लगाउने सहमति भएको छ । यस्तै प्रतिवेदन प्राप्त भएपश्चात यथाशिघ्र कार्यान्वयनमा लैजाने र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने सहमति भएको जनाइएको छ ।
महासंघले फागुन १ गतेदेखि नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने यसअघि घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना