पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले एमाले नेता कुमार कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ।
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्कामा निर्णय गरेका कुइँकेललाई सर्वोच्चले ६ वर्ष कैद सजाय तोकेको छ।
उक्त मुद्दामा कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको हो।
विशेष अदालतबाट पनि उनलाई त्यति नै जरिवाना सुनाइएको छ। तत्कालीन नेकपा एमाले काठमाडौँ–४ का अध्यक्ष निर्मल कुइँकेल जोडिएको उक्त भ्रष्टाचार मुद्दामा माघ १० गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले यो निर्णय गरेको हो।
त्यस्तै पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई पनि सर्वोच्चले ६ वर्ष कैद सजाय सुनाएको छ । ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर्दै सर्वोच्चले उनलाई त्यति नै जरिवाना पनि सुनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
-
रौतहटको दुई स्थानमा आगलागी, झन्डै २ करोडको क्षति
-
भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु, तस्बिरहरू
-
नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो