अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
बुधबार, ३० माघ २०८१, २१ : ३८

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयअन्तर्गत सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम उनले मन्त्रालयमा आएका सहसचिवसहित जिम्मेवारी बाँडफाँट गरेका हुन् ।
यस अनुसार भन्सार विभागको महानिर्देशकका महेश भट्टराईले जिम्मेवारी पाएका छन् । उनी यसअघि मन्त्रालयको प्रवक्ता तथा योजना अनुगमन एवं मूल्यांकन महाशाखाका प्रमुख थिए ।