शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् ।
कक्षाकोठामा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । उनले भने, “एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भएको थियो । सो सम्बन्धमा बुझ्दा अन्य दुई जना पनि पीडित भएको खुल्न आएको छ ।”
बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका सुष्मा श्रेष्ठलाई आज नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लासन र मनोहरले जोगाए हैदराबादको साख, मुम्बईसामु १ सय ४४ रनको लक्ष्य
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला