बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

दोलखामा शिक्षिकालाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता, आक्रमणकारी खोज्दै प्रहरी

बुधबार, ३० माघ २०८१, २१ : १६
बुधबार, ३० माघ २०८१

काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित नाम्दुमा शिक्षिकालाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । माघ २८ मा एक जना युवकले धारिलो हतियार देखाउँदै त्रिपुरा क्याम्पसमा अध्यापन गर्ने उषा तामाङ लामालाई क्याम्पसको गेट नजिकै आक्रमण गरेका थिए ।

आक्रमणमा ३२ वर्षीय सुन्दर अधिकारीको संलग्नता खुलेको छ । आरोपी बैतेश्वर–६ नाम्दुका स्थानीय हुन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर शत्रुधन महतोले रातोपाटीलाई बताए ।

सीसीटिभी फुटेजमा सुरुमा युवकले उनलाई हुत्त्याएर लडाएपछि खुकुरी प्रहार गर्न खोजेको देखिन्छ । स्थानीयले प्रतिकार गरेपछि आक्रमणकारी फरार भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप