शुभमनको शानदार शतकमा भारतको क्लिन स्विप
![शुभमनको शानदार शतकमा भारतको क्लिन स्विप](https://npcdn.ratopati.com/media/news/india_xRiWOwazbD.png)
अहमदाबाद । भारतले इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला ३-० ले क्लिन स्विप गरेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा भारत १ सय ४२ रनले विजयी बनेको हो । यसअघि पहिलो र दोस्रो खेल टोलीले समान ४ विकेटले जितेको थियो ।
अन्तिम खेलमा ३ सय ५७ रनको विशाल लक्ष्य पाएको इंग्ल्याण्डले ३४.२ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि गस एट्किन्सन र टम ब्यानटनले ३८/३८ रनको योगदान दिए भने ओपनर बेन डकेटले ३४ रन बनाए । जो रुटले २४ रन तथा फिल साल्टले २३ रन जोडे ।
भारतका लागि अर्शदीप सिंह, हर्षित राना, अक्षर पटेल र हर्दिक पाण्ड्याले २/२ विकेट हात पारे । वासिङ्टन सुन्दर र कुलदीप यादवले १/१ विकेट लिए ।
यसअघि, शुभमन गिलको शानदार शतकको मद्दतले भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३५६ रन बनाएको थियो । गिलले १०२ बलको सामना गर्दै ११३ रन बनाए । उनले १४ चौका र ३ छक्का प्रहार गरे ।
श्रेयस ऐयरले ६४ बलमा ७८ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । यसअघिको खेलमा शतक बनाएका कप्तान रोहित शर्मा सस्तोमा आउट भए पनि यसपटक विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले । ५५ बलमा उनले ५२ रन जोडे । विकेटकिपर केएल राहुलले ४० रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि आदिल रसिदले १० ओभर बलिङ गर्दै ६४ रन खर्चेर ४ विकेट लिए । मार्क वुडले २ विकेट तथा सकिब महमुद, गस एट्किन्सन र जो रुटले १/१ विकेट हात पारे ।
यसअघि भारतले टी–२० शृङ्खला ४–१ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
-
जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ
-
गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्