राष्ट्रपति पौडेलद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान
![राष्ट्रपति पौडेलद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान](https://npcdn.ratopati.com/media/news/rr_318kxjnEoV.jpg)
काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’ बुधबार बाँडिएको छ । नातीकाजी स्मृति समाजद्वारा राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार र सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा सञ्चारकर्मी तथा प्रस्तोता धन लामा, लोकगायक बोमबहादुर कार्की, संगीत प्रवर्द्धक प्रकाश सायमी, सितार वाधक ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण के.सी र गायिका यशोदा पराजुलीलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ प्रदान गरियो ।
त्यस्तै कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’द्वारा गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार वी पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्रात थापाले प्राप्त गर्दा ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट गीत रेकडिष्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंह पुरस्कृत भए ।
समारोहमा ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार’ डा. रमेश पोखरेललाई प्रदान गरियो भने नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार लोकगायक रामप्रसाद अवस्थी, लोकगायिका शुष्मा शाही ठकुरी र लोकगायक कृष्ण विकले प्राप्त गरे ।
यस्तै, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार रंग पत्रकार सुकृत नेपाल र सुशील अर्याललाई प्रदान गरिएको छ । लेखक विमल भौकाजी, संगीत सधना प्रतिष्ठान इटहरीका अर्जुन के.सी, संगीत साधक अमीर सुनार र सन्तबहादुर गिरीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान दिइएको थियो ।
पुरस्कार तथा सम्मान राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजायी त्रिवेणी भएको चर्चा गरे । ‘भौतिक कुराभन्दा भावना र अभौतिक कुरा महत्त्वपूर्ण हो’, पाण्डेले भने, ‘हामीले युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, बिजुली सिँचाइ जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय