संविधान संशोधनको बहस गर्ने बेला आएको छ : गगन थापा
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको बहस बढाउने बेला आएको बताएका छन् । थापाले संशोधनको बहसको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्दै संविधानको कार्यान्वयनलाई प्रभावकारी र परिणाममुखी बनाउन संशोधन आवश्यक भएको दाबी गरेका हुन् ।
नेपाल मुस्लिम संघ लुम्बिनीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले समावेशी सहभागिता अझै बढाउने गरी निर्वाचन प्रणालीलाई बदल्न चाहेको बताए। उनले सुरुमा संविधान संशोधनका लागि कांग्रेस र नेकपा एमालेभित्रै व्यापक छलफल हुनुपर्ने बताए । गठबन्धन सरकारको विकल्प खोज्न नहुने भन्दै यो गठबन्धन २०८४ सम्म जाने उनको भनाइ थियो ।
उनले कांग्रेसले एमालेको विकल्प नखोजी काम गर्नको समय सदुपयोग गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको विकल्प खोज्नुभन्दा पनि समयको सदुपयोग गरेर काम राम्रो काम गर्नुपर्ने हुन्छ ।’ अब सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै त्यसको लागि आफूहरू लागिरहेको बताए ।
आगामी आम निर्वाचनअघि कांग्रेसको महाधिवेशन हुनेमा ढुक्क रहन थापाले आग्रह गरे । उनले ८४ सालको चुनाव भन्दा जतिसक्दो अगाडि महाधिवेशन गर्ने प्रयास भएको जानकारी दिँदै चैत्रभित्र क्रियाशील सदस्यता नवीकरणको काम सक्न आग्रह गरे।
कार्यक्रमका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले मुस्लिमका समुदायको समस्यालाई हल गर्न गर्नको विगतदेखि नै कांग्रेस लागेको बताए । उनले मुस्लिस समुदायको अन्तिम दाहसंस्कारको लागि जग्गा व्यवस्थापन गर्नको पार्टीका जनप्रतिनिधिलाई सहयोग गर्न निर्देशन दिए ।
कार्यक्रममा पूर्वगृहराज्य मन्त्री देवेन्द्र राज कँडेल, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण लगायतले कांग्रेस सबै धर्म र समुदायको अपनत्व गर्ने दलको भएको जिकिर गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा जनयुद्ध दिवस : १२ स्थानीय तहले दिए बिदा !
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघद्वारा विरोधका कार्यक्रम स्थगित
-
कोशी प्रदेशसभाका सचिव पराजुली सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय