विभिन्न स्थानमा आगलागीमा तीन जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । आगलागीमा परेर अन्य तीन जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल विपद्का २४ घटनामध्ये आगलागीका १७, डढेलोका पाँच र वन्यजन्तु आक्रमणका दुई वटा घटना भएको जानकारी दिए ।
आगो ताप्ने क्रममा र खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर उक्त घटना भएका हुन् । प्रवक्ता डा भट्टराईले सोलुखुम्बू, दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगलागी भएको बताए । उता पाल्पामा बालकले गोठमा आगो लगाइदिँदै पाँच वटा बाख्रा र एउटा गाई मरेका छन् ।
डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
-
दुर्गा प्रसाईं फरार
-
पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन
-
Breaking News : नवराज सुवेदी घरमै नजरबन्द