छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?

अमेरिका । अमेरिकाकी सरकारमा सरकारी दक्षता विभागका प्रमुखका रूपमा रहेका टेस्ला र स्पेस एक्सका सीईओ एलन मस्कको एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र गतिले भाइरल भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालय ह्वाइट हाउसमा उनी भिन्नै शैलीमा देखापरेका थिए । जहाँ उनले छोरालाई काँधमा राखेर ट्रम्पको अगाडि उभिएको देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्राविधिक अर्बपति सहयोगी मस्क मंगलबार अचानक ह्वाइट पुगेका थिए ।
त्यहाँ मस्कले अमेरिकी सरकारको शत्रुतापूर्ण अधिग्रहणको नेतृत्व गर्न अस्वीकार गरे । साथै मस्कले आफ्नो लागत कटौती योजनाहरूको पनि बचाउ गरे । उनले बजेट कटौती नगरी अमेरिका ऋण तिर्न असमर्थ हुने पनि त्यहाँ बताए ।
उनले हालैका दिनहरूमा संघीय खर्च कटौती गर्ने उद्देश्यले धेरै आदेशहरू जारी गरेका छन्। मस्कले अमेरिकी बजेट घाटालाई औंल्याउँदै गत आर्थिक वर्षमा १८ ट्रिलियन डलरमाथि भएको बताए । जबकि, उनले सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानी गर्ने लक्ष्य पनि लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वस्तु तथा सेवा खरिदमा ठगिनुभयो ? अब सिधै उपभोक्ता अदालत जानुहोस्
-
विभिन्न क्याम्पसहरूमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित
-
‘अत्तालिएको र सन्तुलन गुमाएको’ भन्दै प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन राप्रपाको चेतावनी
-
‘विद्यालय शिक्षा विधेयक पारित भएपछि धेरै समस्याहरू समाधान हुन्छन्’
-
तीर्थको शतक, आर्मीको अपराजित यात्रा जारी
-
राजावादीको प्रदर्शनले झस्केका छैनौँ : प्रचण्ड