बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनयुद्ध दिवसमा गजुरी र चौरीदेउरालीमा सार्वजनिक बिदा

बुधबार, ३० माघ २०८१, १८ : ४५
बुधबार, ३० माघ २०८१

मकवानपुर । जनयुद्ध दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका र काभ्रेको चौरीदेउराली गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गतेदेखि सुरु गरिएको जनयुद्धको स्मरण र सम्मानमा फागुन १ गते सार्वजनिक बिदाको निर्णय गरिएको हो ।

गजुरी र चौरिदेउरालीले सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरू बन्द रहने जनाएका हुन् ।  

सार्वजनिक बिदाका समयमा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप