बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेस्लाविरुद्ध बोल्दा २३ हजार डलर जरिवाना, दुर्घटनामा आमाबुवासमेत घाइते

बुधबार, ३० माघ २०८१, १८ : ३८
बुधबार, ३० माघ २०८१

टेस्लाले एक चिनियाँ महिलाविरुद्ध २३ हजार डलरभन्दा बढी क्षतिपूर्तिको मुद्दा जितेको छ। आफ्नो टेस्ला 'मोडल ३' को ब्रेक फेल भएको भन्ने दुर्घटनामा टेस्लाले एक युवतीसँग मुद्दा जितेको हो । 

कसरी भयो दुर्घटना ? 

झाङ याझेउ नाम गरेकी एक चिनियाँ महिला टेस्ला मोडल ३ को सिटमा बुवाआमासँग जाँदै थिइन् । उनका बुवाले गाडी चलाइरहेका थिए। यत्तिकैमा उनले एक्कासि ब्रेक फेल भएको भन्दै बुवा चिच्याएको आवाज सुनिन् । त्यसपछि उनका बुवाले चलाएको गाडी अनियन्त्रित भई रातो बत्तीनजिकै दुई वटा गाडी बचाउन खोज्दा ठूलो कंक्रिट ब्यारिअरमा दुर्घटना भयो । यही घटनामा टेस्लाले मुद्दा जित्यो ।

दुर्घटनापछि टेस्लाविरुद्ध बोलेकी झाङका भने महँगो साबित भयो । उनले सार्वजनिक रूपमा कारको ब्रेक फेलबारे भनेकी थिइन् । तर, टेस्लाले उनलाई मानहानिको लागि मुद्दा लगाउँदै मुद्दासमेत जित्यो। 

एक चिनियाँ अदालतले ती युवतीलाई २३ हजार डलर क्षतिपूर्ति तिर्न र टेस्लाविरुद्ध सार्वजनिक रूपमा माफी माग्न झाङविरुद्ध आदेश दिएको छ।

टेस्लाद्वारा मुद्दा दायर गरिएको यो नयाँ घटना भने होइन्, विगत चार वर्षमा कम्तीमा ६ चिनियाँ कार मालिक, ६ ब्लगर र दुई मिडिया आउटलेटविरुद्ध मुद्दा दायर भइसकेका छन् । जसले टेस्लाविरुद्ध गुणस्तर वा प्राविधिक त्रुटिहरूबारे गुनासो गर्छन् उनीहरू प्रायःले मुद्दा हारिरहेका छन् । 

टेस्लालाई चिनियाँ सरकारको समर्थन

टेस्लालाई चीनमा सरकारबाट ठूलो समर्थन प्राप्त छ। यसले सरकारबाट सस्तो ब्याजदरमा ऋण, कर छुट र अन्य विशेष सुविधा पनि पाएको छ । मिडियालाई टेस्लाविरुद्ध नकारात्मक समाचार प्रकाशित गर्नसमेत रोकिएको छ। 

फेब्रुअरी २०२१ मा भएको उक्त दुर्घटनामा झाङका आमाबुवा घाइते भएका थिए। झाङका बुबाका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले निष्कर्ष निकालेको थियो । तर, झाङले टेस्लाको ब्रेक फेल भएको बताइरहेकी थिइन् । उनले टेस्लासँग कारको डाटा मागेकी थिइन्। तर कम्पनीले भने उनको माग अस्वीकार गरेको थियो। 

क्रोधित झाङले आफ्नो क्षतिग्रस्त गाडीमा 'टेस्ला ब्रेक फेल' ब्यानर राखेर उक्त कम्पनीको डिलरअगाडि विरोध गरेकी थिइन्। यसपछि उनले अटो शोमा पनि प्रदर्शन गरेकी थिइन् । त्यसपछि उनलाई हिरासतमा लिइएको थियो। 

टेस्लाविरुद्ध झुटा आरोप लगाएको भन्दै झाङले मानहानिको मुद्दा दायर गरेकी थिइन्। तर, मुद्दा हारिन्। त्यसपछि टेस्लाले उनीविरुद्ध ५० लाख युआन क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। २०२४ मेमा सांघाइ अदालतले झाङको सार्वजनिक टिप्पणीहरू असंगत भएको भन्दै उनले माफी माग्नुपर्ने आदेश दिएको थियो। 

टेस्लाले ग्राहकहरूले दायर गरेका ८१ मुद्दामध्ये ९० प्रतिशतभन्दा बढी जितेको बताइन्छ । टेस्लाले चीनमा विशेष हैसियत पाएकाले उपभोक्तालाई न्याय पाउन कठिन भएको समाचारहरूमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप