बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
_2CKMl9jwQ1.jpg)
काठमाडौँ । सडकमा रहेको पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।
सूचनामा भनिएको छ,‘मेलम्ची खानेपानीको पाइप फुटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नं. फाँटमा क्षति पुगेकोले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेसी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने बेहोरा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’
बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्जको पाइप फुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा सवारी दुर्घटना : ८ जनाको मृत्यु
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन