पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
![पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न](https://npcdn.ratopati.com/media/news/basti-duban-(3)_4lhfdvEP3F.jpg)
काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले बुधबार बबरमहल क्षेत्र जलमग्न भएको घटनामा नेपाल विद्युत् प्राधिकरणको ठेकेदार दोषी रहेको जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली हेर्ने उक्त निर्देशनालयले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको ठेकेदार कम्पनी केईआईले निर्देशनालयको जीआईएस म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको जनाएको हो ।
बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्जको पाइप फुटेको थियो । वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानीवश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गरिसकेको निर्देशनालयले जनाएको छ ।
अहिले उक्त पाइपलाइन पीआईडीबाट हस्तान्तरण भई काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट सञ्चालनमा रहेको छ । पाइप फुटेपछि उक्त पाइपलाइनमा हाल पानी पठाउन बन्द गरिएको छ र क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।
पीआईडीले काठमाडौँ उपत्यकामा विच्छ्याइएका मेलम्चीका थोक वितरण प्रणाली र वितरण सञ्जालका पाइपलाइनमा क्षति नपुग्नेगरी विद्युतलाइन भूमिगत गर्ने, सडक तथा ढल निर्माण मर्मत गर्ने निकायहरूलाई पटकपटक आग्रह एवं पत्राचार गरिएको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने
-
शुभमनको शानदार शतकमा भारतको क्लिन स्विप
-
राष्ट्रपति पौडेलद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान
-
संविधान संशोधनको बहस गर्ने बेला आएको छ : गगन थापा
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक यथास्थितिमा अघि बढाए पत्रकार महासंघ आन्दोलनमा उत्रिने
-
फिल्म ‘अन्धपथ’ निर्माण घोषणा