समाचार
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, ३० माघ २०८१, १८ : १६
![काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/accident-durghatana-acc-cartoon_nrzrx5tby7_ghoteaka0f_0P2eITVZNi.webp)
काठमाडौँ । काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७०५८ नम्बरकाे बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।
प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपुर्जा खोजी
-
उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने
-
जनयुद्ध दिवसको अवसरमा दुई नगरपालिकाले दिए सार्वजनिक बिदा
-
शुभमनको शानदार शतकमा भारतको क्लिन स्विप
-
राष्ट्रपति पौडेलद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान