बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

कर्णाली प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने कर्णाली सरकारको निर्णय

बुधबार, ३० माघ २०८१, १७ : ४९
बुधबार, ३० माघ २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले जारी गरेको ‘प्रदेश निजामती सेवा ऐन’ संशोधन गर्ने निर्णय भएको छ ।  बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले रातोपाटीलाई बताए ।

‘ऐनमा केही समस्या थिए । कर्मचारीहरूले पनि कुरा उठाउनुभयो,’ शाहले भने, ‘उहाँहरूको मागलाई मध्यनजर गर्दै संशोधन गर्ने निर्णय गरिएको हो ।’

असोज २९ गते उक्त ऐन जारी भएको हो ।

यसअघि कर्णाली प्रदेश हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ–सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप