गायक रामकृष्ण ढकालले ‘मालती मङ्गले’ चलचित्र बनाउने
![गायक रामकृष्ण ढकालले ‘मालती मङ्गले’ चलचित्र बनाउने](https://npcdn.ratopati.com/media/news/ramkrishna_ZUKprwyfLo.jpg)
काठमाडौँ । ४ हजारभन्दा धेरै नेपाली गीतमा स्वर दिएका गायक रामकृष्ण ढकालले चलचित्र निर्माण घोषणा गरेका छन् । ढकालले बुधवार सामाजिक सञ्जालमार्फत ‘मालती मङ्गले’ शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका हुन् । चलचित्रको केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो ।
नेपाली सङ्गीत क्षेत्रका एक लोकप्रिय गायक ढकालको चलचित्रसँग पुरानो सम्बन्ध छ । उनले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको चलचित्र आशीर्वाद मा अभिनय गरेका थिए । उक्त चलचित्र उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ ढकालको साङ्गीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छ ।
‘समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ १ अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ’, उनले अगाडि लेखेका छन्– ‘तर, यस पटक भूमिकामा परिवर्तन आएको छ । अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदै छु।’
रानी म्युजिक इन्टरनेशनल प्रालि ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने
-
शुभमनको शानदार शतकमा भारतको क्लिन स्विप
-
राष्ट्रपति पौडेलद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान
-
संविधान संशोधनको बहस गर्ने बेला आएको छ : गगन थापा
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक यथास्थितिमा अघि बढाए पत्रकार महासंघ आन्दोलनमा उत्रिने
-
फिल्म ‘अन्धपथ’ निर्माण घोषणा