रुसको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जनाको मृत्यु
बुधबार, ३० माघ २०८१, १६ : ३२
![रुसको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जनाको मृत्यु](https://npcdn.ratopati.com/media/news/capture3_aF1naDobdJ.png)
किभ । रुसले हानेको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जना मारिएका छन् । किभका मेयरले बताएअनुसार बुधवार बिहान भएको सो आक्रमणमा घाइते हुनेमा मृतक ९ वर्षकी ती बालिका पनि थिइन् । रुसले हानेको ७ मध्ये ६ वटा ब्यालिष्टिक मिसाइल र ७१ वटा ड्रोन आफूहरूले खसालेको युक्रेनी सेनाले बताएको छ ।
मिसाइल र ड्रोनका कारण सहरभरमा कयौँ स्थानमा आगलागी भएको उनीहरूले बताएका थिए । शान्ति वार्ता भयो भने बरु रुससँग जमिन साट्न पनि तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ आएपछि यो आक्रमण भएको हो । पछिल्लो आक्रमणका कारण किभको होलोसिभस्की, पोदिल्स्की, स्भियातोशिन्स्की र ओबोलोन्स्की जिल्लामा क्षति भएको किभका मेयर भिताली क्लित्श्कोले भनेका छन् ।