ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
![ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल](https://npcdn.ratopati.com/media/news/dipak_HYZ9rqKKiC.jpg)
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल र भारतबिचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो । ऊर्जामन्त्री खड्काले गत नोभेम्बर ५ मा नयाँ दिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भएको भेटमा इनरुवा–पूर्णिया र दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रारुपमा सहमति गरेसँगै उक्त प्रसारण लाइन अगाडि बढाउन माघ ९ गते दुई देशबिचको सहसचिवस्तरिय बैठक र माघ २९ गते सचिवस्तरिय बैठक बसेर मोडालिटीबारे सहमति भएकोमा भारतीय विद्युतमन्त्रीलाई धन्यवाद दिए ।
उर्जामन्त्री खड्काले गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुख्खायामको पिक आवर (बेलुका ६ देखि १० बजेसम्म)मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आएपनि पिक आवरमा भने उपलब्ध गराएको छैन । उर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए ।
उर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिएपनि आजको भेटमा फ्रेबुवरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ ।
भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सधैँ भारतको साथ र सहयोग रहेको बताएका थिए । उनले दुई देशबिचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताएका थिए । भारतका विद्युतमन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए ।
भेटमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।
यस्तै, भारतीय तर्फबाट विद्युतमन्त्री खट्टरसँगै विद्युत् सचिव पङ्कज अग्रवाल र भारतको विद्युत् संस्था एनएचपीसीका अध्यक्ष आरके चौधरीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?
-
अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ
-
अध्यादेशमा १ सिटको अड्को : विकल्पको खोजीमा सत्तापक्ष
-
संसदमा दुईतिहाइ छ तर सरकारलाई अध्यादेशको कुलत लागेको छ
-
जनयुद्ध दिवसमा गजुरी र चौरीदेउरालीमा सार्वजनिक बिदा
-
टेस्लाविरुद्ध बोल्दा २३ हजार डलर जरिवाना, दुर्घटनामा आमाबुवासमेत घाइते