धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?
![धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?](https://npcdn.ratopati.com/media/news/capture_D7beQlMqQ4.png)
मस्को । रुस एकपटक फेरि अन्तरिक्षमा पुग्ने होडबाजीमा छ । रुसको सरकारी स्वामित्व भएको कम्पनी रोसाटमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्त्वपूर्ण सफलता पाएको घोषणा गरेको छ । यो कम्पनी आणविक ऊर्जा र प्रविधिमा विशेषज्ञता राख्छ ।
यो इन्जिनले पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा केवल एकदेखि दुई महिनामा पूरा गर्न सक्ने कम्पनीको दाबी छ । प्लाज्मा रकेटहरूले चुम्बकीय प्लाज्मा एक्सेलेरेटर प्रयोग गर्दछ, जसले अन्तरिक्षमा उच्च गति प्राप्त गर्न सकिन्छ र कम समयमा यात्रा सम्पन्न गर्न सकिन्छ ।
‘प्लाज्मा रकेट एक प्रकारको विद्युतीय मोटर हो । यो दुई इलेक्ट्रोडमा आधारित हुन्छ । चाज्र्ड पार्टिकल्स यिनीहरूको बिचबाट प्रवाहित हुन्छन् र इलेक्ट्रोडमा उच्च भोल्टेज पनि लगाउन सकिन्छ ।’ रोसाटमको वैज्ञानिक संस्थान ट्रोइट्स्कका कनिष्ठ अनुसन्धानकर्ता एगोर बिरियुलिनले भने ।
‘यसले विद्युतीय प्रवाहको चुम्बकीय क्षेत्र पैदा हुन्छ, जसले कणहरूलाई इन्जिनबाट बाहिर धकेल्छ । यो प्रक्रियाले प्लाज्मालाई दिशा दिन्छ र थ्रस्ट पैदा गर्छ ।’ उनले भने । यस प्रविधिमा, हाइड्रोजनलाई इन्धनको रूपमा प्रयोग गरिने र इन्जिनले यी कणहरूलाई प्रति सेकेन्ड १०० किलोमिटरको गतिमा गति दिन सक्ने उनले बताए ।
कतिसम्म पुग्न सक्छ गति ?
मंगल ग्रह र पृथ्वी बिचको औसत दूरी लगभग १ करोड ४० लाख किमीदेखि २ करोड २५ लाख किमीबिच छ । यो दूरी ३० दिनमा पूरा गर्न रकेटलाई प्रतिघण्टा ३ लाख १३ हजार ८२२ किलोमिटरको गति चाहिन्छ ।
युरोपेली अन्तरिक्ष एजेन्सी र नासा लगायत धेरै संस्थाहरूले सौर्य मण्डलका अन्य ग्रहहरूमा यात्रा समय कम गर्न प्रविधिमा काम गरिरहेका छन् । रिपोर्टका अनुसार, रुसले विकास गरिरहेको प्लाज्मा रकेटको बल लगभग ६ न्युटन हुनेछ, जसले कणहरूलाई प्रति सेकेन्ड १०० किलोमिटरको गतिमा लैजान सक्षम हुनेछ ।
रुसको यो सफलताले मानव जगतलाई सौर्यमण्डल बाहिर यात्रा गर्ने अवसर पनि दिन सक्छ । आफूहरूसँग हाल भएका इन्जिनहरूको साथमा मंगल ग्रहमा पुग्न लगभग एक वर्ष लाग्न सक्ने रोसाटम अनुसन्धान संस्थान, ट्रोइट्स्कका प्रथम उपमहानिर्देशक एलेक्सी भोरोनोभ भन्छन् ।
यति धेरै समय लाग्नु भनेको अन्तरिक्ष यात्रीका लागि खतरनाक हुन सक्छ । यस क्रममा उनीहरूले लामो समयसम्म ब्रह्माण्डीय विकिरणको सामना गर्नुपर्ने हुन्छ । तर प्लाज्मा इन्जिनहरूले यात्रा समयलाई ३०–६० दिनमा सीमित गर्न सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
-
पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र
-
श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया
-
‘संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्छ’