‘कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्नेहरु टुप्पाबाट पलाएका हुन्’
बुधबार, ३० माघ २०८१, १५ : ५७
![‘कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्नेहरु टुप्पाबाट पलाएका हुन्’](https://npcdn.ratopati.com/media/news/kp-oli_tBnEWPJBbF.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले राजनीतिक विचार बोक्न नहुने र संगठन हुनै नहुने भन्ने विचार टुप्पाबाट पलाएकाहरूले गर्ने गरेको बताएका छन् ।
निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘कर्मचारीहरूको संगठन हुनुहुँदैन । कर्मचारीहरूले राजनीतिक विचार बोक्नु हुँदैन । कर्मचारी भनेको विचार शून्य हुनुपर्छ भन्ने विचार आजमात्र आएको होइन’, प्रधानमन्त्री ओलीले भने,‘यी राजनीति साजनीति नगरेका, आन्दोलन नदेखेका, टुप्पाबाट पलाएकाहरूले मात्रै उठाउने हो ।’
कर्मचारीविरुद्ध हमला पहिलादेखि हुँदै आएको भन्दै दल वा व्यक्ति हेरेर नभई निष्पक्ष ढंगले कर्मचारीले सेवा दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?
-
अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ
-
अध्यादेशमा १ सिटको अड्को : विकल्पको खोजीमा सत्तापक्ष
-
संसदमा दुईतिहाइ छ तर सरकारलाई अध्यादेशको कुलत लागेको छ
-
जनयुद्ध दिवसमा गजुरी र चौरीदेउरालीमा सार्वजनिक बिदा
-
टेस्लाविरुद्ध बोल्दा २३ हजार डलर जरिवाना, दुर्घटनामा आमाबुवासमेत घाइते