जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
बुधबार, ३० माघ २०८१, १५ : ५०

बर्लिन । जर्मन सहर ह्याम्बर्गको बाहिरी इलाकामा हाई–स्पीड रेल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएको बताइएको छ । तीमध्ये ६ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना मंगलबार भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा आईसीई रेलमा २९१ जना सवार थिए । घाइते यात्रुहरूलाई रेलबाट बाहिर निकालेर बसबाट नजिकैको स्टेशनमा लगिएको प्रहरीले जनाएको छ ।
५५ वर्षीय यात्रुको घटनास्थलमै मृत्यु भएको बताइएको छ । क्रसिङमा रेल ट्रकमा ठोक्किएको र रेलको अगाडिका डब्बाका झ्यालहरू फुटेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले लेखेका छन् । दुर्घटनास्थलमा ट्रकका सामानहरू छरप्रष्ट भएका थिए । दुर्घटना के कारणले भयो भन्ने स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ । ट्रक चालकलाई सोधपुछको लागि हिरासतमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत