अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
![अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य](https://npcdn.ratopati.com/media/news/messenger_creation_69db252f-293a-4b62-b784-e6f9ac2d4fa6_Zz1I40cZdz.jpg)
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा पाल्पाको रानी महलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताए ।
लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेको बताए । उनले बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरू चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको खुलाए ।
लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको बताए ।कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै दुवै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताए ।
कानुन निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत धारणा राख्दै संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणका लागि पनि प्रदेशहरूको बिचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र
-
श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया
-
‘संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्छ’
-
अन्ततः कर्णाली सरकारले संशोधन गर्ने भयो ‘स्थानीय सेवा ऐन’