सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी: कांग्रेस महामन्त्री
बुधबार, ३० माघ २०८१, १५ : ४१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी भएको बताएका छन् ।
बुधबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राष्ट्रमा दूरगामी असर पर्ने अध्यादेश ल्याउने क्रममा सत्ता सहयात्रीसँग छलफल नगर्नु कमजोरी भएकाले त्यसलाई आत्मसात गर्नुपर्ने बताएका हुन् । उनले अध्यादेश ल्याउँदा कमजोरी भए पनि भूमि बाहेक अन्य अध्यादेशमा साथ दिने जसपा नेपालले निर्णय गरेको धारणा राखे । शर्माले भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालले उठाएको प्रश्नलाई सम्बोधन गर्न प्रतिस्थापन विधेयकमार्फत सुधार गर्न सकिने तर्क गरे ।
उनले अध्यादेशका विषयमा सत्ता साझेदार दलबिच भएको विमतिलाई आवश्यक संवाद र छलफल पश्चात् सही रूपमा निष्कर्षमा पुराउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा