बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
![बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा](https://npcdn.ratopati.com/media/news/belbari-cover_GwnBJENEoJ.jpg)
विराटनगर । अख्तियारमा उजुरी दिएको आरोपमा बेलबारी नगरपालिकाका प्रमुख डिलप्रसाद राईले प्रशासन प्रमुखलाई कारबाही गर्ने भएका छन् । उजुरीबारे छानबिन गर्नुको साटो उनलाई कारबाही गर्ने कार्यपालिका बैठकले निर्णय नै गरेको छ ।
सोमबार बसेको कार्यपालिकाको १२७ औँ बैठकले प्रशासन प्रमुख महेन्द्र खड्कालाई ‘कार्यपालिकाको गोपनीयता भङ्ग गर्ने, कार्यालयको हित विपरीत काम कारबाही गर्ने, प्रशासन शाखा प्रमुखको लगायत पदीय मर्यादा विपरीत काम कारबाही गरेको’ आरोप लगाइएको छ । बैठकले निजलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने निर्णय गरेको छ ।
सोही अनुसार खड्कालाई मङ्गलवार प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जिम्मेवारीबाट मुक्त गरेको पत्र थमाएका छन् । ‘प्रस्तुत विषयमा तपाइलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१।१०।२८ गते बसेको १२७ औँ बैठकको निर्णयअनुसार तपाईँलाई अर्को व्यवस्था नभए सम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ’, पत्रमा उल्लेख छ ।
तथापि खड्काले आफूलाई लगाएको आरोप पुष्टि नहुने बताएका छन् । बैठकमा बेलबारी नगरपालिका उपप्रमुख नितु थापा (कोइराला), कार्यपालिका सदस्य सन्चमाया लिम्बू, बेलबारी ८ का वडाध्यक्ष धनपति गौतम भने अनुपस्थित थिए ।
उपप्रमुख थापाले भने कार्यकक्षमै पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुको बदला झन् झन् दुरी बढाउने काम कारबाहीले कुनै पनि सफलता हासिल गर्न सकिन्न भन्ने कुरा महसुस गरी कार्यसम्पादनमा सबैको उपस्थिति र सहमतिलाई नजर अन्दाज नगर्न प्रमुख राईलाई आग्रह गरिन् । स्रोतका अनुसार प्रमुख राईले गैरकानुनी तरिकाले गरेको निर्माणको विषयमा खड्काले अख्तियारमा उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बुलेन्स चालकलाई तालिम
-
प्रदेश सांसदले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको भनिएको घटनामा अनुसन्धान सुरु
-
जनयुद्ध दिवसको अवसरमा माडी गाउँपालिकाले दियो सार्वजनिक बिदा
-
खानेपानी मन्त्रालयले बबरमहलमा पाइप फुट्नुको दोष प्राधिकरणलाई लगायो
-
नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत हो : राष्ट्रपति पौडेल
-
गण्डकी र लुम्बिनीको संयुक्त बैठकमा सिल्क सडकको अवधारणा