बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण

बुधबार, ३० माघ २०८१, १५ : ०५
बुधबार, ३० माघ २०८१

काठमाडौँ । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा १३औँ राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङस्थित त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङले स्वर्ण पदक जिते । 

प्रितमले १२३.३२ अंकसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा गोरखाका रविन चेपाङ १५०.६१ अंकसहित दोस्रो भए । चितवनकै विक्रम गुरुङ १५४.४५ अंकसहित कास्य पदक प्राप्त गर्न सफल भएका थिए । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका बरिष्ठ उपाध्यक्ष सूर्य जोशी, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापालगायतले पुरस्कार वितरण गरे । 

दुई दिने प्रतियोगिताको अन्तिम चरणमा दुई महिलासहित ३८ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितालाई सफल पार्न पाँच अन्तर्राष्ट्रियसहित १७ जनाले निर्णायकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप