सकियो ‘सोल्टिनी’को छायाङ्कन
![सकियो ‘सोल्टिनी’को छायाङ्कन](https://npcdn.ratopati.com/media/news/movie-soltine_Fs9ZR2V2LW.jpg)
काठमाडौँ । प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म ‘सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म सकिएको हो ।
फिल्मको ‘इन्ड क्ल्याप’ भोजपुरको अन्नपूर्ण गाउँमा भएको थियो । जसमा परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बा फिल्मका लागि अन्तिम दृश्य दिए ।
अर्जुन सुवेदी निर्देशित फिल्म अब सम्पादनमा जुट्नेछ । निर्देशक सुवेदीले दर्शक फिल्मले फरक स्वाद दिने बताए । समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्धको कथा फिल्मले उठाएको छ ।
फिल्ममा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को अभिनय छ ।
प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहनेको फिल्म सुशन प्रजापतिले छायाङ्कन गरेका हुन् । प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । आरआर फिल्मस् प्रा.लिले नेपाल वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । फिल्म २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनबाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्छ’
-
अन्ततः कर्णाली सरकारले संशोधन गर्ने भयो ‘स्थानीय सेवा ऐन’
-
गायक रामकृष्ण ढकालले ‘मालती मङ्गले’ चलचित्र बनाउने
-
‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन माओवादीको सर्कुलर
-
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय