इजरायलमा केयरगिभर पठाउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन लागिएको स्वास्थ्य सहायक (केयरगिभर) को प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अहिले करार सम्झौता गर्ने काम भइरहेको वैदेशिक रोजगार विभागले जनाएको हो ।
विभागको इजरायल/जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले हालसम्म करिब ९० जनाको इजरायलबाट भिसा लागेर आइसकेको बताए । त्यस्तै करिब २०० को हाराहारीमा करार सम्झौता पनि भएको छ ।
भिसा लागेर आइसकेकाहरूको हकमा श्रम स्वीकृति र हवाई टिकट काट्ने काम हुने उनको भनाइ छ । त्यसअघि इजरायलको वैदेशिक रोजगार विभाग ‘पीवा’ले हवाई टिकटको समय तोकेपछि काट्ने प्रक्रिया अगाडि बढाइनेछ ।
‘केहीको भिसा आइसकेको छ । भिसा आइसकेकाको हकमा श्रम स्वीकृतिको काम हुन्छ । पीवाले उडान मिति तोकेर टिकट काट्न भन्छ । त्यसपछि श्रम स्वीकृति लिएपछि जान पाउँछन्,’ ज्ञवालीले भने ।
इजरायलले दुई जना नेपाली कामदारलाई केयरगिभरका रूपमा लैजाने प्रक्रिया अगाडि बढाएको थियो । जसमध्ये पहिलो चरणमा जान पाउने एक हजारमध्ये ९२३ जना स्वास्थ्य परीक्षणमा पास (मेडिकल फिट) भएका छन् ।
स्वास्थ्य परीक्षणमा पास भइसकेकाहरूको हकमा करार सम्झौता गर्ने काम धमाधम भइरहेको निर्देशक ज्ञवालीले बताए । स्वास्थ्य परीक्षण रिपोर्टको म्याद तीन महिनासम्म मान्य हुने गरेको छ । त्यसैले विभागले जति सक्दो चाँडो छनोटमा परेका कामदारहरू पठाउने प्रक्रिया अगाडि बढाएको हो ।
इजरायलस्थित पीवाले कामदार छनौटको सम्पूर्ण प्रक्रिया आफैँले गरेको थियो । विभागलाई समन्वयकारी भूमिका मात्रै दिएको थियो । विगतमा छनौटका क्रममा विभिन्न खालको विवाद देखिएपछि यो पटक पीवा आफैँले छनौटको काम गरेको थियो ।
विभागले गत असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि ४ हजार २४ जनाले अनलाइन मार्फत फाराम भरेका थिए । ति मध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो । बाँकी आवेदनहरूमा विभिन्न खालका कैफियत देखिएको भन्दै विभागले अस्वीकृत गरेको थियो ।
आवेदन आह्वान गरेको सात महिना बितिसक्दा पनि कामदारहरू जान सकेका छैनन् । इजरायल र गाजास्थित हमास समूहबिचको युद्धका कारण नेपालले केही समय कामदार पठाउने प्रक्रिया नै रोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङको खदम क्याम्पसमा कन्दङ्वा विजयी
-
एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय
-
लेखा समितिको बैठक निरन्तर राख्न माग, सभापति पोखरेलको भूमिकाप्रति आपत्ति
-
रुपन्देहीका ३ वटा क्याम्पसमा मात्रै निर्वाचन, आधा दर्जन क्याम्पसमा तालाबन्दी
-
थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका खड्का निर्वाचित
-
विदेश घुमाउने, होटलमा काम लगाइदिने, राम्रो खाना खुवाउने प्रलोभनमा बालयौन दुराचार