रुसले रिहा गर्यो अमेरिकी शिक्षकलाई

वासिङ्टन डीसी । अमेरिकी स्कुल शिक्षक मार्क फोगल रुसी जेलबाट रिहा भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोगललाई स्वागत गरेका थिए । भ्लादिमिर पुटिनले यसको बदलामा धेरै नपाएको ट्रम्पले भनेका थिए ।
बुधवार अर्को बन्धकलाई रिहा गरिने उनले बताएका थिए । तर, रिहा हुन लागेको व्यक्तिको नाम चाहिँ उनले खुलाएनन् । ६३ वर्षीय मार्क फोगेल एक पूर्व कूटनीतिज्ञ पनि हुन् ।
उनी मङ्गलवार साँझ वासिङ्टन डीसीमा आइपुगेका थिए । फोगलको रिहाइ रुससँगको सम्झौता अन्तर्गतको बन्दी आदानप्रदान कार्यक्रमको एक हिस्सा भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बताएका थिए ।
‘मलाई अहिले आफू संसारको सबैभन्दा भाग्यमानी मान्छे जस्तो लागिरहेको छ । म एक मध्यमवर्गीय शिक्षक हुँ जो अहिले सपनाको संसारमा आइपुगेको छ’ फोगलले भने ।
‘यो निकै निष्पक्ष र उचित थियो । कसैलाई भोलि पनि रिहा गरिनेछ ।’ रुससँगको कैदी सम्झौतातर्फ औँल्याउँदै ट्रम्पले भने । फोगललाई रुसको एउटा विमानस्थलबाट २०२१ मा पक्राउ गरिएको थियो । उनको साथबाट थोरै मात्रामा गाँजा फेला परेको थियो । रुसले उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
-
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
-
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?