बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

सुरक्षित इन्टरनेट दिवस मनाइयो

बुधबार, ३० माघ २०८१, १४ : १८
बुधबार, ३० माघ २०८१

काठमाडौँ । सुरक्षित इन्टरनेट दिवस हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभर सचेतनामूलक विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । यसपालि ‘टुगेदर फर अ बेटर इन्टरनेट’ मूल नाराका साथ विश्वव्यापी यो दिवस मनाइएको छ । 

विश्वका १ सय ७० भन्दा बढी देशमा सेफर इन्टरनेट डे विविध कार्यक्रमसहित मनाइरहँदा नेपालमा पनि नेपाल सरकार सूचना प्रविधि विभागसँगको सहकार्य तथा नेपालको नेतृत्वदायी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको आयोजनामा सेफर इन्टरनेट डे मनाइएको छ । जसअन्तर्गत डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगको सेरोफेरोमा दुई वटा सत्रमा छलफल तथा अन्तर्क्रिया भएको छ । 

कार्यक्रममा बोल्दै सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सुरक्षित इन्टरनेटका लागि कानुनी तथा नीतिगत व्यवस्थामा सरकार लागिपरेको बताए । उनले भने 'सूचना प्रविधिलाई अघि बढाउने सोच भए पनि इन्टिग्रेटेड एप्रोचमा लैजान सकिएको छैन । सुरक्षित इन्टरनेटका लागि सचेतना बढाउनु आवश्यक छ । नैतिक शिक्षा र समुदायमा सचेतनाका साथै प्राइभेट प्रोटेक्शनका लागि ऐन बनाउने तयारी भएको छ ।' 

लिडिङ सिएसआर डिपार्टमेन्ट अफ वर्ल्डलिंक अनुपा भण्डारी जलानले भनिन्, 'बालबालिका र युवा साइवर अपराधको जोखिममा छन् । वर्ल्डलिंक इन्टरनेट एकेडेमीले इन्टरनेट सेफ्टीबारे पछिल्लो तीन वर्षमा १ सय ३३ विद्यालयका १० हजार विद्यार्थीलाई सुसूचित गराएको छ । साइबर बुलिङ, ह्ययाकिङ आदिबाट जोगाउने मुख्य उद्देश्य हो ।'

त्यस्तै वर्ल्डलिंकका सिइओ केशव नेपालले आइएसपीहरुले सूचनाप्रविधिको राजमार्ग बनाइरहेको र त्यहाँ चल्ने साधनमाथि निगरानी तथा नियमन राज्यको हुनुपर्ने बताए । सुरक्षित इन्टरनेटका लागि हर किसिमको सहकार्य गर्न वर्ल्डलिंक तयार रहेको उनको भनाई थियो । 

यसपछि भएका दुई वटा सत्रमा स्रोत व्यक्ति र सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको समूह लोकसले इन्टरनेट सुरक्षा तथा सचेतनाबारे अभियानमा वर्ल्डलिंकसँग सहकार्य गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप