नसर्ने रोगको निःशुल्क परीक्षण कहाँ गराउने ?
बुधबार, ३० माघ २०८१, १४ : १५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने भएको छ । यो अभियानमा मार्फत ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान निशुल्क गर्न पाउने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको उनको भनाई छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेदेखि एक महिने परीक्षण अभियान सुरु गर्ने बताएका छन् ।
गत महिना मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण