स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
![स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने](https://npcdn.ratopati.com/media/news/film-fastival_3G2dFlp3La.jpg)
काठमाडौँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । नेपाल स्कटल्यान्ड एसोसिएसन, नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेका हुन् ।
एशोसियसनलाई नेपालबाट आयोजनामा सहकार्य नेपालबाट चलचित्र निर्देशक समाजले गर्नेछ । कार्यक्रमको सहजिकरण आदिवासी जनजाति चलचित्र महासंघ प्रदेशले गर्नेछ । एशोसियसनले मंगलबार एक कार्यक्रम गर्दै महोत्सव आगामी अगस्टमा आयोजना हुने घोषणा गरेको छ ।
आदिवासी चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेशका अध्यक्ष ज्योतिराज राईले बताए । महोत्सवले आदिवासी जनजाति चलचित्रको अन्तर्राष्ट्रिय बजार बिस्तार हुने र निर्माणमा समेत तीव्रता आउने राईको विश्वास छ । स्कटल्यान्डपछि अन्य विभिन्न मुलुकमा समेत महोत्सव क्रममा आयोजना गर्ने लक्ष्य संस्थाको रहेको राईले सुनाए ।
कार्यक्रममा नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु, कलाकार सुवास थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतको सहभागिता थियो ।
महोत्सवमा आदिवासीका खाना, पहिरन, कलासंस्कृतिको अलवा आदिवासी चलचित्र प्रदर्शन समेत हुनेछ । प्रदर्शन भएका चलचित्रका कलाकार र चलचित्रलाई अवार्ड समेत प्रदान गरिनेछ । कार्यक्रममा विभिन्न अन्तर्क्रिया, सम्मान समेत आयोजना हुने महोत्सवमा थुप्रैको सहभागिता रहने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले बताए ।
अगस्टमा स्कटरल्याण्डको एडिनबर्गमा विश्वको चर्चित महोत्सव ‘एडिनबर्ग महोत्सव’ आयोजना हुँदैछ । सोही अवसर पारेर यो महोत्सव हुन लागेको हो । स्कटल्यान्डमा आदिवासी चलचित्र महोत्सव हुन लागेको पहिलो भएको आयोजक नेपाल स्कटल्यान्ड एसोसिएसनका अध्यक्ष विजय डंगोलले बताए ।
महोत्सवमा समावेश हुने चलचित्रका विधा र अन्य जानकारी केही समयपछि दिने निर्देशक प्रधानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्नेहरु टुप्पाबाट पलाएका हुन्’
-
एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णयको स्वागत
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
-
अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
-
शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान