आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर
![आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग चुनाव हारे रुसका मेयर](https://npcdn.ratopati.com/media/news/berezovsky-mayor_mYuSLrY3eC.jpg)
मस्को । हालै आयोजना गरिएको स्थानीय निर्वाचनमा बेरेजोभस्कीका मेयरले आफैले खडा गरेको ‘डमी’ उम्मेदवारसँग चुनाव हारेका छन् । ती उम्मेदवार उनकै ड्राइभरकी पत्नी पनि हुन् ।
रुसको सभर्डलोभस्क क्षेत्रमा रहेको येकाटेरिनबर्गको स्याटेलाइट सहर बेरेजोभस्कीको यो अनौठो चुनावी नतिजाबारे रुसी मिडियामा समाचारहरू प्रकाशित भएका छन् ।
येभगेनी पिस्टोभ लगातार चौथो पटक सो क्षेत्रको मेयरमा निर्वाचित हुने तयारीमा थिए । उनको जित पक्कापक्की जस्तै थियो । किनभने उनी भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीकी सहकर्मी तथा आफ्नो ड्राइभरकी पत्नीसँग चुनाव लड्दै थिए ।
युलिया मास्लाकोभाले चुनाव जित्छिन् भनेर कसैले कल्पना पनि गरेका थिएनन् । युलियाले पनि आफू पिस्टोभविरुद्ध डमी उम्मेदवार मात्र बनेको खुलाएकी थिइन् । तर, नतिजा फरक आयो । अहिले उनी मेयरका रूपमा शपथ नखान सक्दो प्रयास गरिरहेकी छिन् ।
बेरेजोभस्कीमा जनताले मेयरको चुनाव गर्दैनन् । बरु, एउटा छनोट कमिटीको प्रस्तावमा डेपुटीहरूले यसको निर्धारण गर्दछन् । डेपुटीहरुमा विभिन्न स्थानीय र प्रदेशीय अयोगका प्रतिनिधिहरू हुन्छन् ।
यो वर्ष डेपुटीहरूले छनोट कमिटीलाई नयाँ उम्मेदवारहरू पनि दिन आग्रह गरेका थिए । तर, उनीहरूलाई पिस्टोभ र युलिया मात्र उम्मेदवारका रूपमा दिइयो । रुसी पत्रिका कोमरसान्टका अनुसार यस निर्णयविरुद्ध विद्रोह गर्दै २३ मध्ये १७ जना डेपुटीहरूले युलियाको पक्षमा मतदान गरे । पिस्टोभको पक्षमा ६ मत मात्र खस्यो ।
जब नतिजा प्रकाशित भयो, सबैभन्दा आश्चर्यचकित युलिया थिइन् । उनले दौडबाट आफूलाई अलग गर्ने प्रयास पनि गरिन् । तर, उनलाई नतिजा आइसकेकाले यो गर्न नमिल्ने भनेर बताइयो ।
उनलाई मेयरको शपथ खान दुई हप्ताको समय छ । तर, उनको यसबारे कुनै योजना छैन । उनले यो पदलाई अस्वीकार गरेकी छन् ।
यदि १५ दिनभित्र पनि युलियाले शपथ खाइनन् भने नयाँ स्थानीय चुनाव हुनेछ । पहिले नै लज्जास्पद हार बेहोरिसकेका पेस्टोभ पुनः निर्वाचित हुने सम्भावना कम रहेको त्यहाँको राजनीतिका जानकारहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णयको स्वागत
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
-
अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
-
शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान
-
सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी: कांग्रेस महामन्त्री