बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य

बुधबार, ३० माघ २०८१, १२ : ४१
बुधबार, ३० माघ २०८१

वासिङ्टन डीसी । अमेरिकाले आयातित स्टिल र आल्मुनियममा लगाएको २५ प्रतिशत अतिरिक्त महसुल लागू हुँदैछ । यस्तोमा क्यानडा, मेक्सिको, ब्राजिलका साथै यूरोपेली संघ (ईयू) जस्ता मुख्य व्यापार साझेदारहरूलाई दिँदै आएको छुट पनि हट्दै छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त महसुल आगामी महिनादेखि कार्यान्वयनमा आउँदै छ । यसको अर्थ यी धातुहरू अमेरिकामा ल्याउन खोज्ने घरेलु व्यवसायीहरूले बढी पैसा तिर्नु पर्नेछ । आफूले तिर्नु परेको बढी पैसा वा यसको केही हिस्सा कम्पनीहरूले उपभोक्ताहरूको काँधमा थोपरिदिने सम्भावना छ । 

स्टिल र आल्मुनियम कयौँ वस्तुमा प्रयोग हुन्छ । यसको अर्थ अतिरिक्त महसुलको प्रभावले गर्दा अमेरिकामा कयौँ वस्तु महँगिने देखिन्छ । जुन यस प्रकार छन्: 

  • बट्टामा आउने खानेकुरा, बियर र हल्का पेय पदार्थ 

अमेरिकामा क्यान बनाउन प्रयोग हुने स्टिलको ७० प्रतिशत आयात हुन्छ । यसलाई जर्मनी, नेदरल्यान्ड र क्यानडाजस्ता देशबाट आयात गरिने क्यान म्यानुफ्याक्चरर्स इन्ष्टिच्यूट (सीएमआई)ले बताएको छ । २०१८ मा ट्रम्पले आयातित स्टिलमा अतिरिक्त महसुल लगाउन आदेश दिएपछि क्यान निर्माताहरूलाई यसमा छूट दिइएको थियो ।

 त्यसयता स्टिल म्यानुफ्याक्चरर्सले यसको उत्पादनमा थप कटौती गरेका छन् । जसका कारण यसको मूल्य बढेको सीएमआई भन्छ । यस पटक अतिरिक्त महसुलमा कुनै छूट वा सहुलियत नदिने ट्रम्पको भनाइ छ । 

  • कार 

पहिलो कार्यकालमा ट्रम्पले स्टिल र आल्मुनियममा अतिरिक्त महसुल लगाएपछि फोर्ड, जनरल मोटर्ससमेतका कार निर्माताहरूले आफ्नो खर्च १ अर्ब डलरले बढ्ने चेतावनी  दिएका थिए । अतिरिक्त महसुलका कारण उपभोक्ताले १ प्रतिशत बढी तिर्नु परेको मर्निङस्टारको अनुमान थियो । यस पटक पनि फोर्डले उस्तै शुल्क वृद्धिको सामना गर्न सक्ने मर्निङस्टारका एक जना विश्लेषक डेभिड ह्विष्टन भन्छन् । 

तर यस पटक उपभोक्ताहरूमाथि पर्ने प्रभाव अस्पष्ट रहेको उनको भनाइ छ । ट्रम्पको पछिल्लो कदमले कार उद्योगको लागत धेरै नै बढाएको अनि यसले अस्तव्यस्तता सृजना गरेको फोर्डका प्रमुख कार्यकारी जिम फार्लेले हालै एउटा व्यवसायीक सम्मेलनमा चेतावनी  दिएका थिए ।

मेक्सिको र क्यानडाबाट आउने स्टिल र अल्मुनियममा अतिरिक्त महसुल लागू भयो भने कारको मूल्य ३ हजार डलरसम्म बढ्ने सक्ने टीडी इकोनोमिक्सको अनुमान छ । 

  • निर्माण, तथा हाउजिङ अप्लायन्सेज

अमेरिकामा निर्माण क्षेत्र स्टिलको सबैभन्दा ठुलो प्रयोगकर्ता हो । भवनको फ्रेम देखि अप्लायन्सेजसम्ममा स्टिल नै प्रयोग हुन्छ । स्टिल र आल्मुनियममा अतिरिक्त महसुल लगाउने  निर्णय हाउजिङलाई सुलभ बनाउने लक्ष्यको ठिक विपरीत भएको नेशनल एसोसिएसन अफ होम बिल्डर्सका अध्यक्ष कार्ल ह्यारिस भन्छन् । यसले घरको मूल्य बढाउने अनि विकास र पुनर्निर्माण कार्यमा धक्का पुर्‍याउने चेतावनी उनले दिएका छन् । अन्ततः यसको चपेटामा उपभोक्ता नै पर्ने पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप