बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापतिको गुनासो

बुधबार, ३० माघ २०८१, १२ : ३५
बुधबार, ३० माघ २०८१

काठमाडौँ । भन्सार प्रमुखको सरुवा भएकोमा अर्थ समितिका सभापति सन्तोष चालिसेले गुनासो गरेका छन् । समितिको बैठकमा बुधवार भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको थियो । उक्त छलफलमा उनले यस्तो गुनासो गरेका हुन् । 

‘अस्ति भन्सार प्रमुखलाई राखेर छलफल गर्‍यौँ । ४ घण्टा बसेर भन्सारका समस्या सुनाएका थियौँ । अब उहाँको सरुवा भएछ,’ उनले भने, ‘सरुवा भएकाले हामीलाई समस्या भयो । फेरि नयाँ भन्सार प्रमुखलाई कसरी बुझाउने यो विषयमा हाम्रो अर्थमन्त्रीलाई सम्झाउनुर्यो ।’

भन्सार प्रमुख परिवर्तन भएकाले भन्सार विधेयक माथि छलफलमै अप्ठेरो भएको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप