डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य
![डीपसिकलाई नकारेर एप्पलले गर्यो अलिबाबासँग सहकार्य](https://npcdn.ratopati.com/media/news/gettyimages-1174671524_auTap2Y2Su.webp)
बेइजिङ । चीनमा एप्पल इन्टेलिजेन्स लन्च गर्न अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अलिबाबासँग सहकार्य गरिरहेको छ ।
द इन्फर्मेशन्समा छापिएको खबरका अनुसार यसका लागि एप्पलले एआई स्टार्टअप डीपसिक र बाइटडान्ससँगको सहकार्य अस्वीकार गरेको थियो । एप्पलले सुरुमा बाइडुलाई चिनियाँ उपभोक्तामाझ एप्पल इन्टेलिजेन्स पुर्याउने पार्टनरको रूपमा रोजेको थियो । तर चिनियाँ सर्च इन्जिन मोडल अपनाउन समस्याहरू भएपनि कम्पनीले यो निर्णय फेरेको बताइएको छ । कम्पनीका लागि चीन मुख्य बजार हो ।
चीनमा एप्पल इन्टेलिजेन्स नहुँदा आइफोनको विक्री बढाउन कम्पनीलाई समस्या भइरहेको छ । हालैका महिनामा चीनमा आइफोनको विक्री ११ प्रतिशतले घटेको थियो । यो अन्तर भर्न हुवावेई लगायत घरेलु स्मार्टफोन कम्पनीहरूले दौडधुप गरिरहेका छन् ।
एप्पलले छिटै चौथो पुस्ताको आइफोन एसई लन्च गर्दैछ । यो फोनले चीन र भारत दुबैतिर कम्पनीको विक्री बढाउने अपेक्षा गरिएको छ । चीन र भारत विश्वको सबैभन्दा ठुलो पहिलो र दोस्रो स्मार्टफोन बजार हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित
-
इजरायलमा केयरगिभर पठाउने प्रक्रिया अन्तिम चरणमा
-
रुसले रिहा गर्यो अमेरिकी शिक्षकलाई
-
सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको होइन : महामन्त्री शर्माले
-
सुरक्षित इन्टरनेट दिवस मनाइयो
-
नसर्ने रोगको निःशुल्क परीक्षण कहाँ गराउने ?