बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

ट्रेन्डिङमा प्रदीप र दिव्याको डान्स ‘म त फ्यान भए यार’

बुधबार, ३० माघ २०८१, ११ : ४१
बुधबार, ३० माघ २०८१

काठमाडौँ । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङ आएको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो । गीतलाई अहिलेसम्म १२ लाख बढी पटक हेरिएको छ ।

आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको गीत तराईको लोकेसनमा सेट बनाएर छायाङ्कन गरिएको हो । गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । सय बढी कोरसमा प्रदीप र दिव्याको बोन्डिङ राम्रो देखिएको छ ।

निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो । ‘तराईको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहौलमा सेट तयार गरेका हौँ । सेट निर्माणमा कुनै पनि कन्जुस्याइँ गरेका छैनौँ । यो गीत छायाङ्कन हुँदा झन्डै ६ हजार स्थानीय भेला भएका थिए । क्यामराको फ्रेममा स्थानीय पर्ने सम्भावना उत्तिकै थियो । तर स्थानीयलाई फ्रेममा नपारीकन निकै चुनौतीपूर्ण रूपमा यो गीतको काम पुरा गर्‍यौँ’, विशालले भने । 

गतिमा प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल)को अभिनय छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ ।

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ । फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकीले समेत अभिनय गरेका छन् । 

फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन छ । फिल्म आरआर फिल्मसले वितरण गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप