बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला

बुधबार, ३० माघ २०८१, ११ : ३७
बुधबार, ३० माघ २०८१

वासिङ्टन डिसी । अमेरिकामा अरू पेय पदार्थ पनि प्लास्टिकमा बेच्नुपर्ने स्थिति उत्पन्न भएको अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त महसुलका कारण आल्मुनियमका क्यान बढी महँगो भएकोले यस्तो कदम चाल्न आफू बाध्य भएको कम्पनीका प्रमुख कार्यकारी जेम्स क्विन्सीले बताएका छन् । ट्रम्पले अमेरिका भित्रिने अल्मुनियम र स्टिलमा २५ प्रतिशत आयात कर लगाउने आदेश दिएपछि कम्पनीले यस्तो बताएको हो । 

ट्रम्पको यो कदमका कारण अमेरिकामा क्यानमा राखेर बेचिने खानेकुरा र पेय पदार्थ महँगो हुनेछन् । डिसेम्बरमा कोका–कोलाले २०३० सम्ममा प्याकेजिङमा ५० प्रतिशत रिसाइकल गरिएका वस्तु प्रयोग गरिनेमा २०३५ सम्ममा यसलाई घटाएर ३५ देखि ४० प्रतिशतमा झारिने बताएको थियो । वातावरणवादी समूहले कोका–कोलालाई लगातार छैटौँ वर्ष पनि विश्वको सबैभन्दा ठुलो प्रदूषणकर्ता भनिरहेका छन् । 

प्लास्टिकको क्यानमा पेय पदार्थ बेच्ने महँगो हुने भयो भने आफूहरूले पेट अर्थात् प्लास्टिकको बोतलमा बेच्ने पनि क्विन्सीले बताए । हालैका वर्षमा कोका–कोलाले आल्मुनियमको क्यानमा पेय पदार्थ धेरै बेचिरहेको थियो । महँगो भएपनि प्लास्टिकको बोतलका तुलनामा यस्ता क्यान रिसाइकल गरेर धेरै चलाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप