बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

ट्रम्प र जोर्डनका राजा अब्दुल्लाहबिच भेटघाट

बुधबार, ३० माघ २०८१, ११ : ०७
बुधबार, ३० माघ २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा जोर्डनका राजा अब्दुल्लाहसँग भेट गरेका छन् । यस अवसरमा उनले गाजा पट्टीलाई अमेरिकाले नियन्त्रण लिनेछ भनेर दोर्होयाएका थिए । 

ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव राखेका थिए । यसअघि ट्रम्पर्ले  इजिप्ट र जोर्डनमा प्यालेस्टिनीहरूलाइ स्थायी रूपमा बसोबास गराउनु पर्ने बताएका थिए ।

तर, जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए ।

ट्रम्पले यो प्रस्ताव गरेपछि ट्रम्प र जोर्डनका राजा अब्दुल्लाह बीचको यो पहिलो भेटघाट थियो । जोर्डन मध्य पूर्वमा अमेरिकाको एक प्रमुख सहयोगी हो । तर लाखौं प्यालेस्टिनीहरूलाई स्वागत गर्ने ट्रम्पको प्रस्तावलाई उसले पहिले नै अस्वीकार गरिसकेका छ । ‘जोर्डन प्यालेस्टिनीहरूको विस्थापन विरुद्धको आफ्नो अडानमा दृढ छ,’ ट्रम्पलाई भेटपछि राजा अब्दुल्लाहले भने । 

ओभल अफिसमा जोर्डनका राजा अब्दुल्लाहको छेउमा बसेका ट्रम्पले आफ्नो मन परिवर्तन नगर्ने संकेत गरेका छन् । तर, प्यालेस्टिनीहरूलाई स्वीकार गर्ने प्रश्नमा सबैका लागि उत्तम निर्णय लिनुपर्ने अब्दुल्लाहले बताए । ‘मलाई लाग्छ जब हामी वार्ता समाप्त गर्छाैं, हामीसँग एउटा यस्तो ठाउँ हुनेछ जहाँ उनीहरू (प्यालेस्टिनीहरू) धेरै खुशी र धेरै सुरक्षित रूपमा बस्न सक्नेछन् ।’ ट्रम्पले भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप